२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्र बैंकद्वारा प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालकमध्ये प्रणालीगत महत्त्वपूर्ण संस्था पहिचान गर्ने ‘फ्रेमवर्क’ जारी गरेको छ ।

केन्द्रीय बैंकले उक्त फ्रेमवर्कका आधारमा भुक्तानी प्रणाली संस्थाहरूको वर्गीकरण गर्ने नीगिगत व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भुक्तानी प्रणाली सञ्चालकहरूलाई प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान गरिने उल्लेख छ । सोही व्यवस्था कार्यान्वयन गर्न केन्द्रीय बैंकले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचान गर्न आवश्यक फ्रेमवर्क तयार गरी जारी गरेको हो ।

केन्द्रीय बैंकले तयार गरेको फ्रेमवर्क अनुसार कारोबार सम्पन्न गर्ने समय र ठूलो आकारको भुक्तानी सञ्चालन गर्ने प्रणालीलाई महत्त्वपूर्ण सूचीमा राखिने छ ।

त्यसैगरी केन्द्रीय बैंकले देशको एक मात्र वा महत्त्वपूर्ण भुक्तानी प्रणाली जुन देशको वित्तीय बजारको महत्त्वपूर्ण पूर्वाधारका रूपमा रहेको प्रणाली पनि यस्तो सूचीमा पर्न सक्छ ।

केन्द्रीय बैंकले जारी गरेको फ्रेमवर्क अनुसार भुक्तानीको कुल आकारका आधारमा सबैभन्दा ठूलो भुक्तानी प्रणाली, कारोबार आकारका आधारमा सम्बन्धित खुद्रा बजारको एक तिहाइभन्दा बढी बजार हिस्सा वा कारोबार सङ्ख्याका आधारमा दुई तिहाइ बजार हिस्सा भएको भुक्तानी प्रणालीलाई प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणालीमा वर्गीकरण गरिने व्यवस्था छ । साथै, अन्य भुक्तानी प्रणालीहरूसँग उच्च स्तरको अन्तर सम्बद्धता रहेको प्रणाली पनि प्रणालीगत महत्त्वपूर्ण सुचीमा पर्ने व्यवस्था फ्रेमवर्कले गरेको छ ।

केन्द्रीय बैंकले बढ्दो विद्युतीय भुक्तानीसँगै प्रणाली सञ्चालकको पूर्वाधार, सुरक्षा व्यवस्था, कारोबार राफसाफ समय र कारोबार आकार ध्यान दिँदै सम्भावित जोखिम न्यूनीकरण गर्न प्रणालीगत प्रणाली पहिचान गर्न फ्रेमर्वक जारी गरेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार हालसम्म भुक्तानी प्रणाली सञ्चालकको संख्या ९ छ । यीमध्ये कुन–कुन कुन प्रणालीगत महत्त्वपूर्ण हुने भनेर आगामी दिनमा केन्द्रीय बैंकले सुची तयार गर्ने छ ।

उक्त फ्रेमवर्कका सन्दर्भमा केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय रूपमा पनि सुझाव एकीकृत गरी जारी गरेको केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकले केही समयदेखि वाणिज्य बैंकमध्येबाट पनि प्रणालीगत महत्त्वपूर्ण बैंक पहिचान गरी छुट्टै नियमन तथा सुपरीवेक्षण गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

सोही अनुसार बढ्दो विद्युतीय भुक्तानी ट्रेन्डका कारण भुक्तानी प्रणालीका जोखिम मध्यनजर गर्दै प्रणालीगत महत्त्वपूर्ण प्रणाली पहिचान प्रक्रिया अघि बढाएको हो । कुनै एक प्रणालीमा आउने समस्याका कारण समग्र भुक्तानी प्रणालीमै समस्या आउन सक्ने तथा क्षति हुन सक्ने विषय ध्यानमा राखेर आवश्यक नियमन तथा सुपरीवेक्षण गरी सम्भावित जोखिम न्यूनीकरणका लागि फ्रेमवर्क जारी गरी केन्द्रीय बैंकले प्रणाली पहिचान प्रक्रिया अघि बढाएको छ ।

फ्रेमवर्क अनुसार प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचान गर्दा भुक्तानी सेवा सञ्चालक (पीएसओ) को पनि प्रणाली पहिचान हुनेछ । जस्तै, ईसीसी एउटा प्रणाली हो भने आरटीजीएस अर्को प्रणाली हो । अब एनसीएचएल भनेर केन्द्रीय बैंकले भन्दैन ।

प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पहिचानपछि केन्द्रीय बैंकले त्यसलाई ईसीसीका रूपमा मात्रै पहिचान गर्ने छ । त्यस्तै राष्ट्र बैंकले सञ्चालन गरेको आरटीजीएस छानियो भने आरटीजीएस एसआईपीएस भनेर बुझ्नुपर्छ ।

फ्रेमवर्कले तोकेको मादण्डभित्र परेका महत्त्वपूर्ण प्रणालीलाई केन्द्रीय बैंकले अन्यको तुलनामा गहन निगरानी हुन्छ । फ्रेमवर्क जारी भएसँगै आगामी केही दिन प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणाली पनि पहिचान गरेर सूचीकरण गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यसरी महत्त्वपूर्ण मानिएका प्रणालीले वित्तीय स्थायित्वमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने केन्द्रीय बैंकले जनाएको छ । सूचीकरण हुने प्रणालीले पूर्णरूपमा संस्थागत सुशासन कायम गर्नुका साथै उच्च पारदर्शी हुनुपर्ने व्यवस्था फ्रेमवर्कले गरेको छ ।