२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रधान सेनापति ट्रफी २०८२’ आजदेखि सुरु

अ+ अ-

काठमाडौँ । सैनिक मुख्यालय जंगी अड्डास्थित खेल मैदानमा यस वर्षको ‘प्रधान सेनापति ट्रफी’ प्रतियोगिता आजदेखि सुरु भएको छ ।

 प्रधान सेनापति अशोकराज सिग्देलले प्रतियोगिताको उद्घाटन गरे । प्रतियोगिता उद्घाटनका अवसरमा प्रतियोगितामा सहभागी सबै टोलीका खेलाडीद्वारा मार्चपास गरियो । 

उद्घाटन खेलका रूपमा पुरुषतर्फ एक हजार ५०० मिटर र महिलातर्फ ८०० मिटर दौड आयोजना गरियो । यसमा पुरुषतर्फ सुदूरपश्चिम पृतनाका मुकेशबहादुर पालले यसअघि संगठनका नाममा कायम रहेको रेर्कड तोड्दै तीन मिनेट ५४.०२ मा दूरी पार गरी प्रथम भए । त्यसैगरी मध्यपृतनाका लोकेन्द्र बोहोरा दोस्रो र विशेषफोज बाहिनीका अक्कलबहादुर पाल तेस्रो घोषित भए ।

महिलातर्फको ८०० मिटर दौड प्रतियोगितामा १३ नं बाहिनाका अनिषा विश्वकर्मा प्रथम, १६ नं बाहिनीका सरस्वती भट्टराई द्वितीय र मध्यपूर्वी पृतनाका बालिका श्रेष्ठ तृतीय भइन् । सोही समारोहमा विजयी प्रतियोगिता प्रधान सेनापति सिग्देलले पुरस्कार प्रदान गरे ।

आगामी असोज १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वादो, भलिबल, बास्केटबल, फुटबल र जुडो खेल समावेश गरिएका छन् । प्रतियोगितामा आठ वटा पृतना र छ वटा बाहिनीबीच प्रतिस्पर्धा हुनेछ ।

 प्रतियोगिताका केही विधाका खेल पोखरा र हेटौँडामा हुनेछन् । 

विसं २०६५ देखि शुभारम्भ भएको प्रतियोगिताले उत्कृष्ट खेल प्रतिभाको पहिचान, प्रवर्द्धन र प्रोत्साहन गर्दै खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । प्रतियोगिताबाट छनोट भएका खेलाडीले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत नेपालको झण्डा फहराएर नेपाल र नेपालीको गौरव उच्च बनाइरहेको सेनाले जनाएको छ । 

विश्वस्तरीय तथा ओलम्पिक प्रतियोगितामा समेत सेनासँग आबद्ध २६ खेलाडी सहभागी भई सफलता प्राप्त गर्नुमा पनि यस्ता प्रतियोगिताको महत्त्वपूर्ण योगदान रहेको सेनाले जनाएको छ ।

त्यस अवसरमा सैनिक तालिम महानिर्देशक धु्रवप्रकाश शाहले त्रिभुवन आर्मी क्लब स्थापनाको उद्देश्य र सैनिक खेलाडीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेल क्षेत्रमा पुर्‍याएको योगदान र पछिल्लो समय प्राप्त गरेको सफलता एवं पदकसम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।