२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार पटक सरुवा निर्णय, तर एउटै पालिकामा अधिकृत

अ+ अ-

काठमाडौँ । नेपालको प्रशासनिक अभ्यासमा कतिपय निर्णयहरू यति अनौठा हुन्छन्, जसले व्यवस्थापकीय क्षमताभन्दा बढी भद्रगोललाई उजागर गर्छन्। सुनसरीको देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुधीर साफीको सरुवा प्रक्रियाले पनि त्यस्तै प्रशासनिक अव्यवस्थाको उदाहरण कोरेको छ।

डेढ वर्षको अवधिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई कागजमै चार पटक सरुवा गरेको छ, तर वास्तविक रूपमा भने उनी त्यही पालिकामै बसेर काम गरिरहेका छन्।

साफीलाई २०८१ जेठ ९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतको रूपमा देवानगञ्ज गाउँपालिकामा पठाएको थियो । उनी जेठ १६ गते उक्त पालिकामा हाजिर भएका थिए। त्यसपछि मन्त्रालयले उनलाई गढी गाउँपालिकामा सरुवा गर्‍यो।

तर, २०८१ असोज १६ गतेको अर्को निर्णयमार्फत मन्त्रालयले फेरि उनलाई गढीबाट देवानगञ्जमै पठायो। यति मात्र होइन, केही समयअघि उनी मन्त्रालयकै अतिरिक्त समूहमा तानिएका थिए। तर २०८२ भदौ १२ गतेको सरुवा सूचीमा फेरि उनलाई देवानगञ्जमै पठाइएको छ।

साफी भन्छन्, “डेढ वर्षमै मलाई जानकारी नदिई विभिन्न ठाउँमा पटक–पटक सरुवा गरिएको रहेछ। तर त्यसबारे कुनै औपचारिक जानकारी वा पत्र मैले पाएको थिइनँ। विभिन्न समयमा सरुवा गरे पनि म यही पालिकामा बसेर काम गरिरहेको छु।”

यता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी मिलाइदिएको दाबी गरेको छ। “साफी एक वर्षदेखि त्यही पालिकामा कार्यरत हुनुहुन्छ। खाली चिठी मात्र कता–कता थियो। अहिले उहाँले बस्न चाहेको पालिकामै दरबन्दी कायम गरिदिएको हो,” मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले प्रशासनसँग भने।