काठमाडौँ । चीनले दोस्रो विश्वयुद्धताकाको विजयको वार्षिक उत्सवको अवसरमा बुधवार राजधानी बेइजिङमा भव्य सैनिक परेड प्रदर्शन गरेको छ ।
दोस्रो विश्वयुद्धमा जापानको पराजय भएको ८० वर्ष पूरा भएको अवसरमा सैन्य परेड आयोजना गरिएको हो।
सैन्य शक्ति र कूटनीतिक प्रभाव प्रदर्शनका रूपमा गरिएको परेडमा क्षेप्यास्त्र, ट्यांक, ड्रोनलगायत अत्याधुनिक हतियार प्रदर्शन हेलीकोप्टरले विशाल ब्यानर तानेर उड्दा लडाकु विमान आकाशमा स्वरूप बनाउँदै उडाएका थिए ।कार्यक्रमको अन्त्यमा ८० हजार शान्ति पारा र रंगिन बेलुनहरू आकाशमा छोडिएको थियो ।
दोस्रो विश्वयुद्ध अन्त्य भएको खुसीयाली मनाउन चीनले दर्जनौँ मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूलाई बोलाएको थियो।
उक्त भव्य कार्यक्रममा विश्वलाई आफ्नो सैन्य शक्ति देखाउने गरी आयोजना गरिएको यस परेडमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ देशका राष्ट्र प्रमुखहरू सहभागी थियो ।













