२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौताराका किसान किबीखेतीमा आकर्षित

अ+ अ-

सिन्धपाल्चोक । अलैँचीको पकेट क्षेत्रका रूपमा चिनिएको लिसङ्खुपाखर गाउँपालिका-४ का किसान अलैँचीमा रोग लागेपछि निराश भएका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँचीखेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर किसानले अलैँंचीखेती गरेका थिए । केही वर्षयता रोगले अलैँची उत्पादनमा कमी आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय किसानले खेती गर्न छाडेका छन् । अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने उनीहरूको माग छ ।

पन्ध्र वर्षअघिदेखि अलैँची व्यवसाय गरेका शशिनाथ शाक्यले वार्षिक पाँच लाख आम्दानी गथ्यो । तर उनको व्यवसाय अलैँचीमा सिन्धुरे र गानो कुहिने रोग लागेपछि सखाप भयो । अलैँचीको बेर्ना उत्पादन तथा अलैँची भट्टी राखेर बिक्री गरेर लाखौँ आम्दानी गर्ने शाक्य अहिले न अलैँची बेर्ना उत्पादन गर्छन् न तयारी अलैँची बिक्री नै गर्छन् ।

जिल्लाका अलैँची किसानलाई यो व्यवसाय सिकाएका शाक्यले जिल्लाभरि नै अलैँची विरुवा वितरण गथ्र्यो । तर अहिले यो व्यवसाय चटक्कै छाडेका छन् । अलैँचीमा लागेको उक्त रोगका बारेमा जिल्ला प्राविधिक कार्यालयमा सहयोग मागे पनि समुदायले आफैँले नष्ट गर्नुपर्ने भनेपछि समुदायले आफैँले नष्ट नगरेको उनी बताउँछन्। अलैँचीमा लाग्ने सिन्धुरो रोग एक ठाउँमा नष्ट गरे पनि वरिपरि सबै ठाउँमा नष्ट नगरेसम्म अन्त्य हुँदैन । उक्त रोग लागेको अलैँची नष्ट गर्न खर्चिलो हुने भएपछि स्थानीयले अन्य पेसा नै छाडेको किसान शाक्य बताउँछन् ।

किसान शाक्यजस्तै अत्तरपुरका प्राय: किसानले अलैँची लगाउन छाडेका छन् । केही किसानले किबी व्यवसाय थालेको उनी बताउँछन् । किबीखेती सुरुमा लगाउन खर्चिलो र निकै मिहिनेत गर्नुपर्ने भए पनि भरपर्दो आम्दानी भएपछि किसानले यो व्यवसाय रोजेका छन् ।

पछिल्लोपटक किवी व्यवसाय थालेका शाक्यका अनुसार एउटा बोट किबी लगाउन कम्तीमा रु पाँच हजार खर्च गर्नुपर्छ । तीन वर्ष लागेपछि फल दिन सुरु गर्ने किबीको प्रतिबोट वार्षिक ७० किलोसम्म उत्पादन हुने शाक्य बताउँछन् । उनीका अनुसार कम्तीमा १० वर्षसम्म फल दिने किबीको अहिले बजार मूल्य किसानबाटै प्रतिकिलो रु. तीन सयदेखि पाँच सयसम्म बिक्री हुने गरेको छ । केही वर्षअघि अलैँचीको पकेट क्षेत्र कहलिएको अत्तरपुर किबीखेतीमा बदलिएको छ । गाउँपालिकाकै अलैँची पकेट क्षेत्र बनाउने योजना रहे पनि अलैँचीमा रोग लागेर नष्ट भएको सन्दर्भमा पालिकाले कुनै ठोस निर्णय नगरेको गाउँपालिकाका अध्यक्ष राजु लामाले बताए ।