२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा लिन बिमाकै भर

अ+ अ-

चितवन । गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थ्य बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा वनेको छ ।

सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा नि:शुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरूले नि:शुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत उपचार पाउँछन् । त्यसो त ज्येष्ठ नागरिकले बिमा शुल्कको प्रिमियम (साझेदारी) रकम बुझाउनुपर्दैन ।

भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार साउन महिनामा ८० वर्ष कटेका एक हजार ९८२ पटक ज्येष्ठ नागरिकले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये एक हजार ७७६ पटक स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका हुन् । यो प्रतिशतको हिसाबले ८९ प्रतिशत हुन आउँदछ । सोही महिना ६० देखि ७९ वर्ष उमेरसम्मका १३ हजार ६५२ पटक उपचार लिएकोमा ८६ प्रतिशत अर्थात् ११ हजार ९२७ पटक स्वास्थ्य बिमाका रहेका छन् । अस्पतालमा

साउन महिनामा ६० हजार ४७२ पटक बिमामार्फत उपचार सेवा दिइएको छ । अधिकांश ज्येष्ठ नागरिक दीर्घ रोगी हुने गरेका छन् । पौडेलका अनुसार मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, प्रोष्ट्रेड, थाइराइडलगायतका हुने गरेका छन् ।

स्वास्थ्य बिमामा नजोडिएका बाँकी ज्येष्ठ नागरिकलाई पनि सेवामा जोड्नुपर्ने पौडेल बताउँछन् । यसबाट विपन्न नागरिकले नि:शुल्क सेवा पाउँदा उपचारबाट वञ्चित हुनुपरेको छैन । भरतपुर अस्पतालको औषधि वितरण कक्ष (फार्मेसी)बाट औषधि लिएर फर्कँदै गरेका हरिप्रसाद सिग्देल बुबाका लागि औषधि लिन आएका हुन् । ९३ वर्षीय बुबा प्रेमनाथ सिग्देल उपाध्यायको नियमित प्रयोग हुने औषधि छोराले लिएर जाँदै थिए ।

बुबाको स्वास्थ्यमा समस्या देखिए मात्र ल्याउने गरेको भन्दै उनले अन्य समयमा आफूले आएर औषधि लैजाने गरेको बताए । उनले भने, “बिमाका कारण निकै सहज भएको छ ।” औषधि सकिँदा पैसा नभएर खरिद गर्न जान पाइन्न भन्ने समस्या नहुने गरेको उनले बताए । हरेक महिना रु. सात हजारको औषधि बिमामार्फत लैजाने गरेको उनले बताए । उनले भने, “पैसाको समस्या भयो । औषधि खान पाइन भन्ने समस्या आएको छैन ।” उनको बुबाले उच्च रक्तचाप, प्रोष्टेड, दम र ग्याष्टिकको औषधि नियमित खाँदै आएका छन् ।

अस्पतालमा भरतपुर महानगरपालिका–५ की ७२ वर्षीया केशवती दवाडीका लागि श्रीमान् औषधिको लाइनमा थियो । उनले श्रीमतीको बिमाको कार्ड देखाउँदै भने, “सधैँ आएर औषधि लैजाने गरेको छु ।” सरकारले बिमामार्फत ज्येष्ठ नागरिकलाई नि:शुल्क उपचार र मासिक भत्ता दिन थालेपछि ज्येष्ठ नागरिक निकै खुसी हुने गरेका छन् ।

भरतपुर अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पछि छुट्टै बहिरंग सेवा (जेरियाट्रिक ओपिडी) सुरु गरिएको छ । ज्येष्ठ नागरिक बहिरंग सेवाको संयोजन गरेका डा. प्रतीक न्यौपानेका अनुसार ज्येष्ठ नागरिकले अरूसरह उपचार लिँदा लामो समय पालो पर्खनुपर्ने भए पछि यही भदौ १५ गतेबाट छुट्टै बहिरंग सेवा सुरु गरिएको बताए । अस्पतालले १६ शय्याको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालन गरेको छ । यसका अतिरिक्त अन्य वाडहरूमा पनि राखेर ज्येष्ठ नागरिकलाई उपचार गरिँदै आएको छ ।