२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवस्था कार्यालय सुर्खेतमा एकल बिन्दु सेवा लागू गरिँदै

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था कार्यालय सुर्खेतको सेवा प्रवाहलाई छरितो, पारदर्शी र जनमैत्री बनाउन ‘एकल बिन्दु’ सेवा प्रवाह प्रणाली लागू गरिने भएको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिको बैठकले सुर्खेतस्थित यातायात व्यवस्था कार्यालयबाट त्यस्तो सेवा प्रवाह गर्ने निर्णय गरेको हो ।

एकल बिन्दु सेवा केन्द्र सञ्चालन भएपछि सेवाग्राहीलाई एउटै स्थानबाट सेवाग्राहीलाई सम्पूर्ण यातायातसम्बन्धी सेवा प्रवाह हुनेछ । 

हालसम्म सवारीसाधन दर्ता, नवीकरण, कर तिर्ने, जरिवाना भुक्तानी, सवारी साधन जाँचपास, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी प्रक्रियाको लागि सेवाग्राहीले विभिन्न काउन्टर धाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । यो सेवा लागू भएपछि समयको बचतका साथै सेवाप्रवाहमा पारदर्शिता बढ्नेछ । 

मुख्यमन्त्री कँडेलले सेवा सञ्चालन भएसँगै आमनागरिकलाई यातायातसम्बन्धी सेवा लिन ढिलाइ नहुने बताए । उनले एकल विन्दु सेवा केन्द्र सञ्चालन भएसँगै एकैस्थानबाट छिटो र पारदर्शी सेवाप्रवाह हुने विश्वास व्यक्त गरे । 

बैठकमा प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रमअन्तर्गत गत आव २०८१/८२ को वार्षिक कार्यक्रम तथा बजेटको समीक्षा, आव ०८२/८३ को स्वीकृत कार्यक्रम तथा बजेटकाबारे सदस्यहरूलाई जानकारी गराएको छ ।