२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले लोकतन्त्रको अगुवाइ गर्न सक्दैन’ : ओली

अ+ अ-

काठमाडौँ । पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक आचरणमा विद्यादेवी भण्डारी लगायतको समूहका नेताहरूले प्रश्न उठाइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतन्त्रको विषयमा व्याख्या गर्दै प्रतिवेदन पेश गरेका छन् ।

उनले परिस्थिति र आवश्यकताको आधारमा नेतृत्व हस्तान्तरण हुने उल्लेख गरेका छन् ।

विधान महाधिवेशनमा शुक्रबार प्रतिवेदन पेश गर्दै उनले युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय भएको र यसलाई विभाजनकारी रुपमा हेर्न नहुने धारणा राखेका छन् । 

उनकै नेतृत्वको निरन्तरताकोबारेमा पार्टीको एउटा कोणबाट प्रश्न उठिरहेका बेला ओलीले यसबारे महाधिवेशनमा नै सांकेतिक रुपमा धारणा राखेका हुन् ।

‘जीवनभर जनताको बहुदलीय जनवादको आलोचना गर्ने, लोकतान्त्रिकरणका प्रश्नलाई स्खिसिट्युरी गर्ने र पायक पर्दा छनौटपूर्ण विषय उठाएर (सेलेक्टिभ ढंगले) बहस गर्नु उचित हुँदैन। कुनै पनि विषय अपरिहार्य, निर्विकल्प या हस्तान्तरण नहुने हुँदैन। तर परिस्थिति, सन्दर्भ, आन्दोलनको आवश्यकता र समग्र आयामलाई हेरेर यसको निर्यौल गरिनुपर्छ’ ओलीको प्रस्तावमा छ ।

पार्टी जीवनको लोकतान्त्रिकरण भनेको पार्टीको लक्ष्यसँग अविभाज्य ढंगले जोडिएको विषय भएको उनले उल्लेख गरेका छन् ।

‘लक्ष्यबाट बहकिएको या त्यसलाई सघाउ नपुऱ्याउने खालको लोकतान्त्रिकरणको उपादेयता हुँदैन। लोकतन्त्र र अनुशासन अन्तरसम्बन्धित हुन्, निषेधकारी होइनन् । बहस र निर्णय कार्यान्वयन परिपूरक विषय हुन्, अन्तरविरोधी होइनन् । मूल नेतृत्व र पदाधिकारीहरू एउटा टिम हुन्, स्वयंभू र स्वायत्त टापुहरू होइनन्’, ओलीले भनेका छन्,’युवा पुस्ताको निरन्तर विकास र पुरानो पुस्ताको अविच्छिन्न मार्गदर्शन एकापसमा जोडिएका विषय हुन्, विभाजनकारी होइनन् । त्यसैले यसलाई समष्टिमा हेर्नुपर्छ।’

उनले पार्टीका सबै प्रयासहरू पार्टीलाई एकताबद्ध बनाउन, जनतामा पार्टीको प्रतिष्ठालाई माथि उठाउन र गन्तव्यमा पुग्न सघाउने खालको हुनुपर्ने धारणा राखेका छन् ।

‘आफैंभित्र लोकतान्त्रिक आचरण नहुने पार्टीले समाजमा पनि लोकतन्त्रको अगुवाइ गर्न सक्दैन भने हाम्रो स्पष्ट मान्यता छ’ उनले भनेका छन् ।

पार्टीको लोकतान्त्रिकरणको सार पार्टीका सिद्धान्त, विचार र नीति निर्माणमा पार्टी पङ्क्तिको व्यापक सहभागिता, एकैजना व्यक्तिमा सम्पूर्ण अधिकार केन्द्रित गर्ने ‘महासचिवीय ढाँचाको ठाउँमा बहुपद सहितको सामूहिक नेतृत्व, पदाधिकारीहरू सिधै महाधिवेशनप्रति उत्तरदायी हुने निर्वाचन प्रणाली रहेको उल्लेख गरेका छन् ।