२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाको ब्याट्री कारखानामा छापा: तीन सय भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ

अ+ अ-

एएफपी । अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा अमेरिकी आप्रवासन अधिकारीहरूले छापा मार्दा  तीन सय भन्दा बढी दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । शनिबार सउलस्थित विदेश मन्त्रालयले यसबारे पुष्टि गरेको हो ।

विदेशमन्त्री चो ह्युनले सउलमा आयोजित आपत्कालीन बैठकमा बताएअनुसार, कुल ४७५ जना पक्राउ परेका मध्ये “३०० भन्दा बढी हाम्रो देशका नागरिक रहेको विश्वास गरिएको छ ।”

कानुनी उल्लंघनमा आधारित छापा
अमेरिकी होमल्याण्ड सेक्युरिटी विभागका विशेष एजेन्ट स्टीवन श्र्यांकका अनुसार, यो छापा बिहीबार एलाबेल शहरस्थित हुन्डाई–एलजीको संयुक्त कारखानामा ‘गम्भीर सङ्घीय अपराध र अवैध रोजगार सम्बन्धी आरोपहरूको’ अनुसन्धानका क्रममा गरिएको हो ।

“यो सामान्य आप्रवासन छापा होइन,” श्र्यांकले भने । “यो धेरै महिना लामो आपराधिक अनुसन्धानको नतिजा हो ।”

उनले थप जानकारी दिँदै भने, “पक्राउ परेका व्यक्तिहरू अमेरिका भित्र अवैध रूपमा रहेका थिए र गैर कानुनी रूपमा कार्यरत थिए ।” उनीहरूलाई अब आप्रवासन तथा सीमा सुरक्षा  विभागमार्फत देश निकालाको प्रक्रियामा लगिएको छ ।

दक्षिण कोरियाको कूटनीतिक प्रतिक्रिया
विदेशमन्त्री चो ह्युनले भने, “हामी यस घटनाबाट गहिरो चिन्तित छौँ र गम्भीर जिम्मेवारीको भावना महसुस गरेका छौँ । आवश्यक परे म स्वयम् वासिङ्टन पुगेर वार्ता गर्न तयार छु ।”

यसअघि, विदेश मन्त्रालयका प्रवक्ता ली जे–वुङले अमेरिकालाई आग्रह गर्दै भन्नुभएका थिए,“हाम्रो लगानीकर्ताका आर्थिक गतिविधि र हाम्रा नागरिकको वैध अधिकारलाई अमेरिकी कानुनी कारबाहीका क्रममा अन्यायपूर्वक हानि पुर्‍याइनु हुँदैन ।”

कम्पनीहरूको प्रतिक्रिया
एलजी एनर्जी सोलुसनले शनिवार जनाएको अनुसार, पक्राउ परेका ४७ जना कम्पनीका कर्मचारी हुन्, जसमा ४६ जना दक्षिण कोरियाली र एक जना इन्डोनेसियाली नागरिक छन् । करिब २५० जना तेस्रो पक्ष ठेकेदारमार्फत खटाइएका थिए, जसमा अधिकांश दक्षिण कोरियाली रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले हाललाई अत्यावश्यक बाहेक अमेरिकातर्फको सबै व्यावसायिक भ्रमण स्थगित गर्ने निर्णय लिएको छ । “अमेरिकामा खटिएका कर्मचारीहरूलाई यथासम्भव घर फर्काइनेछ वा उनीहरूलाई अस्थायी रूपमा आवासमै रोकिएको छ,” कम्पनीकी प्रवक्ताले बताए ।

हुन्डाई मोटर कम्पनीले भने, “हामीले सिधै कुनै पनि पक्राउ परेका व्यक्तिलाई रोजगारी दिएका छैनौँ,” भन्दै आफूहरू कारखाना निर्माणमा प्रत्यक्ष संलग्न नभएको स्पष्ट पारेको छ ।

राजनीतिक सन्दर्भ र लगानी
दक्षिण कोरिया अमेरिकामा आफ्ना कम्पनीहरूको विस्तारका लागि अर्बौँ डलर लगानी गरिरहेको छ ।

राष्ट्रपति ली जे-म्युंगले गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए, जसपछि दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब डलरको लगानी गर्ने घोषणा गरेको थियो ।अर्कोतर्फ, राष्ट्रपति ट्रम्पले निर्माण क्षेत्र पुन:जागृत गर्ने र अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने प्रतिबद्धता जनाउँदै आएका छन् । 

विशेषज्ञहरूका अनुसार, यस घटनाले दुई देशबीचको व्यापारिक र कूटनीतिक सम्बन्धमा चुनौती खडा गर्न सक्छ ।