२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जेन जेड पुस्ताको आन्दोलनलाई समर्थन जनाउँदै देश बनाउन राजनीति सफा गर्न आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा जेन जेड पुस्ताको प्रदर्शन चलिरहेको बेलामा उनले भनेका छन्, ‘जेन जेड पुस्ताले संघीय राजधानी काठमाडौँमा सुशासन, समृद्धि र अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चिततासहित लोकतन्त्रको व्यावहारिक प्रत्याभूतिको लागि आजदेखि सञ्चालन गरेको विरोध प्रदर्शन र संघर्षप्रति समर्थन गर्दछु ।’

मुलुकको आजको प्रमुख राष्ट्रिय कार्यभार सुशासन र समृद्धि भएको उनले उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘निजी स्वार्थ केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यसैले मैले भन्दै आएको छु, राजनीति सफा गरौँ र देश बदलौँ ।’

जेन जेड आन्दोलनले भ्रष्ट, स्वार्थी, स्वेच्छाचारी र निरङ्कुश प्रवृत्तिका राजनीतिक नेतृत्व र त्यस प्रकारको प्रदूषित राजनीतिबाट मुक्त गराउने विश्वास व्यक्त गरेका छन्।

देशलाई भ्रष्ट राजनीतिक नेतृत्वबाट मुक्त गर्दै लोकतन्त्र, सुशासन र समृद्धिको पक्षमा गुणात्मक योगदान पुर्‍याउने उनको विश्वास छ।