काठमाडौँ । नेकपा माओवादी केन्द्रले मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गरेको छ।
अभियानका क्रममा गोरखा आरुघाट पुगेका उपलब्ध पदाधिकारी बैठकले अभियान स्थगित गर्ने निर्णय गरेको हो।
जेन जेड पुस्ताको आन्दोलन उग्र बनेपछि माओवादीले अभियान स्थगित गरेर अध्यक्ष ‘प्रचण्ड’सहितका नेताहरू काठमाडौँ फर्किएका छन्।
‘प्रचण्ड’ले जेन जेडको माग सम्बोधन गर्न माग गर्दै स्थिति थप बिग्रिन नदिन सरकारसँग माग पनि गरेका छन्।







