२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा एसले भन्यो-‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्‍यो’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जेन जी पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गरेको आरोप लगाएको छ।

महासचिव घनश्याम भुसालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘सामाजिक सञ्जाल नियन्त्रण गर्ने सरकारको अविवेकी निर्णयबाट नौजवान युवाहरू (जेन जेड पुस्ता) मा उत्पन्न असन्तुष्टिले भ्रष्टाचार तथा कुशासन विरोधी आन्दोलनको रूप लिएको छ । अर्को तर्फ सरकार हिंसात्मक दमन तर्फ उत्रिएको छ ।’

सुशासन र रोजगारी लागि लामो समयदेखि जनताले गरेको अपेक्षाका विपरीत सरकार तथा राजनीतिक नेतृत्वले देखाएको नालायकीका सन्दर्भमा सडकमा यस्ता आवाज देखा पर्नु स्वाभाविक भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी आन्दोलन माथि सरकारको हिंसात्मक दमनको निन्दा तथा भर्त्सना गर्दछ । साथै, युवाहरूको भ्रष्टाचार तथा कुशासन विरुद्धको जागरणलाई सम्मान गर्दै उनीहरूका जायज माग सम्बोधन गर्न र उनीहरूमाथि कुनै पनि दमनकारी गतिविधि नगर्न सरकारसँग जोडदार माग गर्दछ ।’

आन्दोलनलाई उत्तेजना र मुठभेडतर्फ मोडेर यस आन्दोलनको गरिमा र यसले पाएको जनसमर्थनलाई दुरुपयोग गर्ने कुनै पनि प्रयासबाट सतर्क रहन देशभरिका आन्दोलनकारीहरूलाई आह्वान पनि गरेको छ।