२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षमान पुनले भने : ‘अब ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न मिल्दैन’ 

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जेन जेड आन्दोलनमा भएको हत्या र दमनको जिम्मेवारी प्रधानमन्त्री केपी ओलीले लिनुपर्ने बताएका छन् । 

ओलीको अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकोले त्यसको सम्पूर्ण जिम्मेवारी उनैको हुने पुनले बताए ।

‘जेन जेड पुस्ताको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको नालायक सरकारले लिनुपर्छ,’ पुनले भने।

ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने उनको माग छ । उनले थपे, ‘यो परिस्थितिले उत्पन्न हुनुमा ओलीको अभिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्ति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ । पदमा बस्ने नैतिकता गुमाएकाले उनले तत्काल राजीनामा दिनुपर्छ ।’

पुनले जेन  जेड पुस्ताले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध आजै हटाउन पनि सरकारसँग माग गरे । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ ।

शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्यधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको माग गरे ।

पुनले आन्दोलनरत जेन जेडलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न अपिल पनि गरे । जेन  जेड मुलुकको भविष्य भएकाले उनीहरू समाजले संयमता र अनुशासनको अपेक्षा गरेको पुनले बताए ।

जेन जेड आन्दोलनलाई दुरुपयोग गर्न अदृश्य तत्त्वले चलखेल गर्न सक्नेतर्फ सचेत रहन पनि पुनले अपिल गरे । पुनले मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्दै आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित निस्शुल्क उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरे ।