काठमाडौँ । संसद् प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा सिंहदरबारमा मंगलवार बसेको बैठकले उक्त निर्णय गरेको हो।
सोमबार जेन जेडले गरेको प्रदर्शनका क्रममा मृत्यु भएको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।







