२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेश सभाहलमा आगजनी

अ+ अ-

काठमाडौँ। कर्फ्यु उल्लंघन गर्दै आन्दोलनकारीहरू कोशी प्रदेश सभा भवनमा प्रवेश गरेर प्रदेश सभा भवनमा आगजनी गरेका छन् ।

विराटनगरको देवकोटा चोकस्थित प्रदेश सभा भवन अगाडि बिहानदेखि नै झडप भइरहेकोमा प्रहरीको सुरक्षालाई पन्छाउँदै प्रदर्शनकारी प्रदेशसभाभित्र प्रवेश गरेका हुन् ।

प्रदेश सभामा छिरेपछि प्रदर्शनकारीले सभाहलमा आगो लगाएका हुन् । अहिले सभाहल दनदनी बलिरहेको छ । सुरक्षाकर्मी पनि प्रदर्शनकारीको सामु निरीह बनेका छन् ।

विराटनगरको अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ । नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा प्रदर्शनकारीले आगजनी गरेका छन् । यस्तै ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरेका छन् ।

सोमबार देशभर सुरु भएको जेन–जीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि आक्रोशित प्रदर्शनकारीको समूहले सडक नियन्त्रणमा लिएको छ । विराटनगरमा जारी भएको कर्फ्युको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी चोक–चोकका सडकमा प्रदर्शन गरिरहेका छन् ।