काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् ।
नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए ।







