काठमाडौँ । जेन जेड आन्दोलन चर्किँदै जाँदा मंगलबार साँझ प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्।
सडक विभागको कार्यालय परिसरमा प्रदर्शनकारीहरूले प्रवेश गरी तोडफोडसँगै आगो लगाएका थिए। यसअघि पनि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत, विशेष अदालत र शीतल निवासलगायतका संरचनामा आक्रमण गरी आगजनी गरेका थिए।
आन्दोलन चर्किँदै जाँदा मुलुकका प्रमुख सरकारी निकायहरू प्रदर्शनकारीहरूको निशानामा पर्न थालेका छन्।







