२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरीबाट खोसिएका २ दर्जन हतियार नेपाली सेनाको जिम्मा

अ+ अ-

काठमाडौँ । मंगलबारको झडपमा सुरक्षाकर्मीबाट युवाहरूको समूहले खोसेका झण्डै दुई दर्जन हतियार नेपाली सेनाको जिम्मा लगाइएको छ ।

पछिल्लो जानकारी अनुसार भक्तपुरको लोकन्थलीमा गस्तीमा रहेका नेपाली सेनालाई पनि केही युवाहरूले हतियार जिम्मा लगाएका छन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न ठाउँबाट २३ थान हतियार सेनाले प्राप्त गरिसकेको छ । साथै लुटपाट भएको ३३ लाख ७० हजार रुपैयाँ नगद र सञ्चार उपकरणहरू समेत नेपाली सेनाले प्राप्त गरेको छ ।

जेन जेड प्रदर्शनको क्रममा मंगलबार आक्रोशित समूहले नेपाल प्रहरीहरूलाई कुटपिट गर्नुका साथै हतियार समेत खोसेका थिए । उनीहरूले प्रहरीका र अन्य सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।

तोडफोड र आगजनीको घटनापछि मंगलबार राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको छ । लुटपाट र आक्रमणमा संलग्न व्यक्तिहरूलाई सेनाले नियन्त्रणमा समेत लिएको छ ।

ठाउँ ठाउँमा नेपाली सेनाले गस्ती गरिरहेको छ । सोही क्रममा सेनाको टोलीलाई युवाहरूले हतियार बुझाएका हुन् ।