काठमाडौँ। महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन् ।
देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू परिचालन भएसँगै आज बिहान १० बजेदेखि १ बजेसम्म विभिन्न ठाउँमा तोडफोड, चोरी कार्यमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गरेको छ ।
डिल्लीबजार नारायण थान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार ५०० र अमेरिकी डलर २५ सय बरामद गरेको सेनाले जानकारी दिएको छ ।
त्यस्तै सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको छ ।
साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीबन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौँ डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको छ ।







