काठमाडौँ । डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ जना कैदी बन्दीहरू नियन्त्रणमा लिइएको छ ।
नेपाली सेनाले दिएको जानकारी अनुसार, बुधबार २६ जना कैदीलाई नियन्त्रणमा लिइएको हो ।
सोमबार र मंगलबार भएको जेन जेडको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदी बन्दीहरू भागिरहेका छन् ।
विभिन्न कारागारका कैदीहरूले आगजनी समेत गरिरहेका छन् ।
काठमाडौँ डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदी बन्दीहरूलाई रोकिएको पनि सेनाले जानकारी गराएको छ ।







