काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बस्न लागेको प्रवक्ता मनिष झाले बताए ।
उनका अनुसार बैठकमा जेन जी आन्दोलनपछिका विकसित समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
बैठक राति ८ बजेदेखि सुरु हुने उनले बताए ।







