काठमाडौँ । सप्तरीको राजविराज नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १० स्थित दिघबामा करेन्ट लागेर ३५ वर्षीया ललिता देवी मण्डलको मृत्यु भएको हो ।
आफ्नै घरको कलमा पानी तान्न प्रयोग गर्ने मोटर चलाउने क्रममा करेन्ट लागेर बुधवार उनी घाइते भएका थिए ।
घाइते अवस्थामा उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । हाल उनको घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







