२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधानसम्मत निकास खोज्न गाउँपालिका, नगरपालिका संघ र जीसस महासंघको आग्रह

अ+ अ-

काठमाडौँ । स्थानीय तहका तीन प्रतिनिधिमूलक संस्थाले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हुने भन्दै संविधानसम्मत र विधि प्रणालीका आधारमा मुलुकलाई निकास दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नेपाल नगरपालिका संघ अध्यक्ष भीमप्रसाद ढुंगाना र जिल्ला समन्वय समिति (जीसस) महासंघ उपमहासचिव दीपक गौतमले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।

उनीहरूले भनेका छन्, ‘लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै भएकाले मुलुकमा उत्पन्न राजनीतिक अन्योल अन्त्य गर्दै नागरिकको शान्तिपूर्ण जीवनयापनको अधिकारको रक्षा गर्न, नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको संरक्षणका लागि संविधानसम्मत र विधि प्रणालीका आधारमा मात्र मुलुकलाई निकास दिन राष्ट्रपति समक्ष हार्दिक आग्रह गर्दछौँ ।’

स्थानीय सरकारका प्रशासकीय भवन र सवारीसाधनमा क्षति गरिएको तर्फ उनीहरूले आपत्ति जनाएका छन्, अहिले पनि नागरिक र जनप्रतिनिधिको निजी सम्पत्ति र उद्योग–व्यवसायमा क्षति गर्नुका साथै जनप्रतिनिधिलाई राजीनामा दिन ज्ञात–अज्ञात व्यक्ति र समूहबाट धम्की आउने गरेको समेत विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय सरकारका सम्पत्ति तथा दस्तावेजको सुरक्षाको प्रत्याभूति दिलाउँदै निर्बाध सेवा प्रवाह गर्ने वातावरण बनाउन राष्ट्रपति र सुरक्षा निकाय समक्ष आग्रह समेत गरिएको छ ।

उनीहरूले सार्वजनिक सम्पत्ति संरक्षण र संवर्द्धन गर्दै उच्च मनोबल साथ सेवा प्रवाह नियमित गर्न स्थानीय सरकारका सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई आह्वान समेत गरेका छन् ।

जेन जेड आन्दोलन मार्फत भ्रष्टाचार अन्त्य, मुलुकमा सुशासन प्रत्याभूति तथा युवाको शासन सहभागिता जस्ता जायज मागमा भने समर्थन जनाउने उनीहरूको भनाइ छ । तर, आन्दोलनका आडमा भएको अवाञ्छित घुसपैठका कारण उत्पन्न अराजक अवस्थाबाट ऐतिहासिक धरोहर र संरचना, महत्त्वपूर्ण दस्ताबेज लगायत सरकारी कार्यालय र निवासमा भएको आगजनी, तोडफोड र जनप्रतिनिधिमाथिको अमानवीय व्यवहारप्रति भने खेद व्यक्त गरिएको छ ।