काठमाडौँ । नेपाली काँग्रेसका कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको झण्डा र ब्यानर राखेका छन् ।
जेन जेड युवाहरूको प्रदर्शनको क्रममा आगजनी भएको कार्यालयमा आज बिहान पुगेर युवा कार्यकर्ताहरूले पार्टीको झण्डा र बीपी कोइरालाको तस्बिर अंकित ब्यानर राखेका हुन् ।
बिपीको तस्बिरको तल लेखिएको छ, ‘उहाँले निर्माण गर्नुभयो, हामी अझ सबल बनाउने छौँ, हामी उठ्ने छौँ’ लेखिएको छ ।
केही प्रदर्शनकारीले आगजनी गरिदिँदा काँग्रेस केन्द्रीय कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।







