२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात सञ्चालनमा ल्याउन ट्रक व्यवसायीको आग्रह

अ+ अ-

काठमाडौँ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले अवरुद्ध यातायात सेवा तत्काल सुचारु गर्न आग्रह गरेको छ ।

महासंघले जेन जेडका मागलाई शान्तिपूर्ण संवाद र सहकार्य मार्फत सम्बोधन गरी बन्द रहेको यातायात क्षेत्र पुनः सञ्चालनमा ल्याउन अपिल गरेको हो ।

महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँले विज्ञप्ति जारी गरी जेन जेडले अघि सारेका राजनीतिक, सामाजिक र आर्थिक सुधारका मागलाई सरकार, सम्पूर्ण राजनीतिक दल र सरोकारवाला निकायले गम्भीरतापूर्वक लिई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्।

महासंघले कठिन परिस्थितिमा नेपालका सुरक्षा निकाय र नागरिक समाजका अगुवाप्रति विश्वास व्यक्त गर्दै सहकार्यका माध्यमबाट मुलुकलाई शान्ति, समृद्धि र स्थायित्वतर्फ लैजान प्रतिबद्ध रहेको जनाएको छ ।

संविधानको रक्षा गर्दै सडक यातायात सुचारु गर्न र नागरिकको सहज आवागमन सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवार बन्न महासंघले आह्वान गरेको छ ।

बानियाँले जारी गरेको विज्ञप्तिमा यातायातको सहज प्रवाहविना मुलुकको आर्थिक क्रियाकलाप असम्भव रहेको उल्लेख छ ।

उद्योग–व्यापार, कृषि उत्पादन र आम नागरिकको दैनिकी यातायातमा निर्भर रहेकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने महासंघको धारणा छ ।

‘नेपालको भौतिक, सामाजिक र आर्थिक जीवनको मेरुदण्ड मानिने यातायात क्षेत्र पछिल्ला केही दिनदेखि पूर्ण रूपमा ठप्प छ, सडकमा सवारीसाधन नचल्दा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसम्ममा गम्भीर असर परेको छ, यस अवस्थाले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविका संकटमा परेको छ भने सर्वसाधारण नागरिकले पनि ठूलो कठिनाइ भोगिरहेका छन्,’ विज्ञप्तिमा छ ।

कानुनसम्मत काम गर्ने, कर तिर्ने, रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्रलाई गतिशील बनाउने यातायात व्यवसायीलाई राज्यले पूर्णकानुनी सुरक्षा दिनुपर्ने माग गरिएको छ ।

साथै, आन्दोलनका कारण दैनिक रूपमा नोक्सानी बेहोर्न बाध्य यस क्षेत्रलाई तत्काल राहत र क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्नुपर्ने पनि महासंघले जोड दिएको छ ।