काठमाडौँ । नेकपा एमालेका ३२ वटा केन्द्रीय विभागले पार्टीलाई जेन जेडको चाहना बमोजिम बनाइने प्रतिबद्धता गरेका छन्।
पार्टीका ३२ केन्द्रीय विभागका सचिवको आज भर्चुअल बैठकपछि सार्वजनिक गरिएको अपिलमा पार्टीलाई जेन जेन जेडको चाहना बमोजिम बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध व्यक्त गरेका हुन्।
‘एमालेलाई हालको जेन जेडको चाहना बमोजिमको पार्टी बनाउँदै मुलुकका समग्र समस्या समाधान गर्न प्रतिबद्ध छौँ, ’अपिलमा भनिएको छ।
विभागले जेन जेडको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी वर्तमान राजनीतिक अन्योलताको अन्त्य गर्न माग गरेको एमाले संगठन विभागका सचिव माधव ढुंगेलले जानकारी दिए।
उनले चाँडै राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई सबै कामको अग्रसरता र नेतृत्वको लागि विशेष अनुरोध गरेको बताए।







