काठमाडौँ । रुपन्देहीमा भाटभटेनी सुपर मार्केटमा तोडफोड र चोरीमा संलग्न रहेको आरोपमा एक शिक्षकलाई विद्यालयबाट निष्कासन गरिएको छ । बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्लालाई निष्कासन गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक दिनेश थापाले शनिबार शिक्षक शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन् । भदौ २४ गते जेन जेडको प्रदर्शनका क्रममा बुटवलको सुक्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा अनियमिततामा संलग्न देखिएको प्रधानाध्यापक थापाले बताएका छन् ।
शुक्लाले विद्यालयको आचारसंहिता तथा नियम विपरीत कार्य गरेका थापाद्वारा जारी कारबाही पत्रमा जनाएको छ ।








