२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य प्रशासन र खेलकुद मन्त्रालयमा कम क्षति, कार्यालय सञ्चालन गर्न सहज

अ+ अ-

काठमाडौँ । ‘जेन जेड’ समूहको आन्दोलनका कारण देशभरका सरकारी संरचनामा क्षति पुग्यो । धेरै ठाउँमा भौतिक पूर्वाधारमा भएको क्षतिका कारण सेवा प्रवाहमा कठिनाइ छ । 

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारमा पनि धेरैजसो मन्त्रालयमा भौतिक क्षति भएको छ । तथापि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयमा कम क्षति भएको पाइएको छ । 

सवारीसाधनमा क्षति पुगे पनि अन्य भौतिक संरचना अथावस्थामा रहेकाले कार्यालय सञ्चालनमा सामान्य मात्रै कठिनाइ भएको ती मन्त्रालयले जनाएका छन् । 

सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले मन्त्रालयका धेरैजसो सवारीसाधनमा क्षति भएको जानकारी दिए । उनले मन्त्रालयको भूँइतलामा केही क्षति भए पनि अन्य स्थानमा ठूलो क्षति भएको छैन । 

सहसचिव पराजुलीका अनुसार क्षतिको विवरण संकलनको काम भइरहेको छ भने आजदेखि अधिकांश कर्मचारी कार्यालयमा उपस्थित भएका छन् । “क्षतिको विवरण संकलनको काम भइरहेको छ । नियमित रूपमा कार्य सञ्चालनका लागि आवश्यक तयारी गरिएको छ । धेरै क्षति नभएकाले काम गर्ने अवस्था छ”, उनले भने । 

मन्त्रालयले ७५३ वटै स्थानीय तहलाई पत्राचार गरी क्षतिको विवरण संकलन गर्न र वैकल्पिक व्यवस्था गरेर सेवा प्रवाहलाई नियमित बनाउन आग्रह गरिसकेको सहसचिव पराजुलीले जानकारी दिए । सबै स्थानीय तहलाई सेवा प्रवाहमा वैकल्पिक व्यवस्था गर्न र क्षतिको विवरण जानकारी गराउन भनिएको उनले बताए ।  

“प्रशासनिक सेवा सञ्चालन गर्न लागिएको छ । अन्य विवरण संकलन भइरहेको छ । मन्त्री, सचिव, सहसचिव चढ्ने अधिकांश सवारीसाधन जलेर ध्वस्त भएकाले केही समस्या भएको छ । यही भदौ २३ गते मन्त्रालयका अधिकांश सवारीसाधन सुरक्षाका हिसाबले सहज हुने भन्दै सिंहदरबार परिसरमा नै राखिएका थिए”, सहसचिव पराजुलीले भने । 

मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा भने क्षति भएकाले अन्य कोठामा व्यवस्थापन गरिएको छ । सवारीसाधनको अभावमा वैकल्पिक व्यवस्था गरेर कार्यालय आउन कर्मचारीलाई भनिएको र सोहीअनुसार काम सुरु गरिएको मन्त्रालयले जनाएको छ । 

आन्दोलनका कारण युवा तथा खेलकुद मन्त्रालयमा पनि छिटपुटबाहेक धेरै क्षति भएको छैन । यस मन्त्रालयमा पनि सवारीसाधनमा भने क्षति पुगेको छ । सहसचिव सुवास सिवाकोटीले सवारीसाधनमा क्षति भए पनि मन्त्रालय खासै समस्या नभएको र मातहतका कार्यालयको अवस्था पनि राम्रो रहेको बताए । 

यस मन्त्रालयमा कूल २२ सवारीसाधनमध्ये १३ वटा चालु अवस्थामा रहेकामा त्यसमा चार वटामा क्षति भएको छैन । मन्त्री आवास स्थल भैसेपाटीमा मन्त्री चढ्ने दुई वटा सवारीसाधन भने आगलागीका कारण जलेका छन् । 

“मन्त्रालय भवनका एकाध सिसा भने फुटेका छन् । परिसरमा अन्य क्षति भएको छैन । त्यसैले यथाअवस्थामा कार्यालय सञ्चालनमा कुनै समस्या देखिएको छैन”, उनले भने,“मातहतका कार्यालयमा  पनि ठूलो क्षति भएको छैन । कामको प्रारम्भ गरिसकेका छौँ । सरसफाइ एवम् मुचुल्काको काम पनि भइरहेको छ । सवारीसाधनको क्षतिका सन्दर्भमा बीमा दाबीलगायत विषयमा प्रारम्भिक विवरण तयारी भइरहेको छ ।”

मन्त्रालयको मन्त्रीको गोप्य कार्यकक्षको झ्याल र  सचिवको कार्यकक्षको सिसा फुटेको छ । केही झ्यालको पर्दा जलेको  छ भने सवारीसाधनमा आगलागी हुँदा भवनको केही भागमा कालो बसेको छ । मन्त्रालयको कागजी अभिलेखमा भने कुनै क्षति नभएको जनाइएको छ । 

मन्त्रालय मातहत कर्मचारी थोरै छन् । मन्त्रालयका सचिव, सहसचिव तथा अन्य कर्मचारी भने स्वतःस्फूर्त रूपमा आज कार्यालय आएको सहसचिव सिवाकोटीले जानकारी दिए ।