काठमाडौँ । भाटभटेनी सुपर मार्केटको विराटनगरस्थित भवनमा जलेको अवस्थामा शव फेला परेको छ ।
सफाइ गर्ने क्रममा दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले जनाएको छ ।
जेन जेड आन्दोलनका क्रममा विराटनगर स्थित भाटभटेनी सुपर मार्केटमा आगजनी र तोडफोड भएको थियो ।
सो क्रममा लुटपाट गर्न जानेमध्ये कसैको मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।







