२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमाले अहिले उठिरहेका प्रश्नहरूको उत्तर दिन सक्षम छ’ : शंकर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवाहरूले सेवा प्रवाहदेखि सुशासनलगायतको विषयमा जायज अपेक्षा राखेको बताएका छन्।

जेन जेड आन्दोलनका क्रममा आगजनी भएको पार्टी कार्यालयको अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधान महाधिवेशनमा पनि युवाहरूको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी २१ बुँदे प्रस्ताव पारित गरेको बताए।

उनले भने, ‘युवाहरूले धैर्यता राख्नुभएको भए एमालेले नै उहाँहरूको चाहनाहरू पूरा गर्ने पार्टीका रूपमा अगाडि आउँदैनथ्यो। हामीले त्यो प्रकारको योजना र संकल्प तयार गरेका थियौँ। तर हामीले त्यो योजना व्यवहारमा लागू गर्न नपाउँदै मुलुकमा दुखद घटना घट्यो। युवाहरूको नाममा सुशीला कार्की अहिले प्रधानमन्त्री बन्नुभएको छ तर हामीले संविधानभित्रबाटै खोज्नुपर्छ भनेका थियौँ।’

उनले नेपालको राजनीतिक दलहरू युवाहरूको भावनालाई समेट्न तयार भएको सन्देश सम्प्रेषण गरेको भए पनि त्यो कुरालाई उपेक्षा गरिएको बताए।

उनले अहिले संविधानलाई अहिले कमजोर बनाउने प्रयास भइरहेको टिप्पणी गरे। उनले मुलुकलाई संविधान फर्काउन अविलम्ब तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए।

उनले भने, ‘हाम्रो पार्टी अहिले उठिरहेका प्रश्नहरूको उत्तर दिन सक्षम छ। युवाहरूको भावनालाई सम्बोधन गर्न सक्षम छ। परिवर्तनको आकांक्षालाई बोक्न सक्षम छ। मुलुकको विकास र समृद्धिको नेतृत्व गर्न सक्षम छ। देशलाई कमजोर पार्ने प्रवृत्तिका विरुद्ध संघर्ष गर्न सक्षम छ।’

उनले समाधान सधैँ सडकबाट खोज्ने हो भने स्थायित्व र विकास हुन नसक्ने भन्दै मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी रहेको बताए।

उनले थपे, ‘एमाले देशभक्तहरूको पार्टी हो त्यसैले त्यो कहिल्यै कमजोर हुँदैन। मुलुकलाई आधुनिक विकासको युगमा नेतृत्व गर्ने पार्टी हो। हामीले युवाहरूको आकांक्षालाई पूरा गर्न सकेनौँ होला। हाम्रो पनि कमीकमजोरी होलान् तर हाम्रो देशभक्तिमाथि प्रश्न गर्ने कुरा उचित होइन।’

उनले अझै एकताबद्ध, सशक्त भएर मुलुकको विकास निर्माणमा प्रभावकारी ढंगले एमाले उठ्ने बताए।

उनले थपे, ‘हामी फेरि उठ्ने छौँ । अझ एकताबद्ध र सशक्त भएर, अझ जनताको भावनालाई सम्बोधन गर्न सक्ने सामर्थ्यका साथ मुलुक विकास र निर्माणको यात्रामा प्रभावकारी ढंगले प्रस्तुत हुनेछ। सामर्थ्यका साथ हामी उठ्नेछौँ, उठ्नुपर्दछ।’