काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नियमित आँखा जाँचका लागि तिलगंगा अस्पताल गएकी छन् ।
प्रधानमन्त्री कार्कीले आज तिलगंगा पुगी आँखाको नियमित जाँच गरे अस्पतालले जनाएको छ । वरिष्ठ नेत्र विशेषज्ञ डा. सन्दुक रुइतले प्रधानमन्त्री कार्कीको आँखा जाँच गरेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
आँखाको उपचारका क्रममा तीन महिनाअघि उनको मोतीबिन्दु (आँखाको नानीमा जालो पर्ने एक रोग) को शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्री कार्कीको आँखाको शल्यक्रिया गरेपछि नियमित जाँचका क्रममा अस्पताल पुगेको तिलगंगा अस्पताल व्यवस्थापनले स्पष्ट गरेको छ ।







