२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पार्टी छोड्न चाहनेलाई मौका यही हो, सदुपयोग गर्नुस्’ भन्दै राजीनामा माग्नेलाई सीके राउतले फर्काए जवाफ

अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेताहरुले आफ्नो राजीनामा मागेपछि पार्टी छोड्न सकिने भनेर जवाफ दिएका छन् ।

उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै यही समय पार्टी छोड्ने राम्रो समय भएको भन्दै त्यसको सदुपयोग गर्न उनले आग्रह गरेका हुन् । उनले पार्टीमा बस्ने अनि पार्टीकै आलोचना गरेर बसेको भन्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘प्रिय साथीहरू, यो राम्रो मौका हो पार्टी छोड्ने। यदि कसैलाई पार्टीमा उकुसमुकुस लागि रहेको छ, अनुशासनमा बस्न सकिँदैन, एउटै पार्टीमा बस्दाबस्दै वाक्क लाग्यो र नयाँ पार्टी रोज्न वा खोल्न चाहनु हुन्छ, पार्टीमा नै बसेर दिनरात पार्टीको विरोध गर्नुपरेको छ, भित्रभित्रै पार्टीलाई खोक्रो बनाउनु परेको छ भने योभन्दा राम्रो मौका आउनेछैन । किनकि अहिले कुनै बहाना पनि चाहिँदैन। जेन–जी आन्दोलन छ, युवाहरूको रापताप छ ।’

त्यस्तै, यही बेला पार्टी शुद्धीकरणको हो भन्दै त्यसका लागि मौकाको फायदा उठाएर जनमत पार्टीलाई स्वच्छ, वफादार, इमान्दार र क्रियाशील सदस्यहरूको पार्टी बनाई शुद्धीकरण अभियानमा सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

‘हामी पनि आभारी रहनेछौँ। तपाईँसँग हाम्रो केही गुनासो हुनेछैन, हामी उल्टा पार्टीमा यहाँको योगदानको लागि सधैँभरि कदर गरिरहनेछौँ। राम्रो अवसर खोज्नु मानवीय स्वभाव हो, अन्यथा लिँदैनौँ’, उनले लेखेका छन् ।

त्यस्तै, पार्टी छोड्न चाहनेले हस्ताक्षरसहितको पत्र पार्टीको इमेलमा पठाउन समेत भनेका छन् ।