२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्णबहादुर खड्काले भने : ‘देउवा दम्पतीसँग सम्पर्कमै छु, स्वास्थ्य सुधारोन्मुख छ’ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको जानकारी गराएका छन् । साथै, उनले आफू निरन्तर सम्पर्कमा रहेको पनि बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले देउवा दम्पतीको उपचार कहाँ भइरहेको छ भन्नेबारे केही खुलाएनन् । सुरक्षाको कारण देखाउँदै उनीहरूको उपचार भइरहेको स्थानबारे अहिलेसम्म केही जानकारी गराइएको छैन ।

गत २४ भदौमा जेन जेडको प्रदर्शनका क्रममा बुढानीलकण्ठस्थित निवासमै उनीहरूमाथि कुटपिट भएको थियो ।

कुटपिटका क्रममा गम्भीर घाइते भएका उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएको थियो । तर, आक्रोशित युवाहरूले त्यतिबेला अवरोध गरेका थिए ।

पछि सेनाले स्थलमार्ग हुँदै बुढानीलकण्ठबाट उद्धार गरेको थियो ।

‘हामी केही समयभित्र सभापतिज्यूसँग परामर्श गर्दैछौं । सभापतिज्यूको स्वास्थ्य सुधार भइरहेको छ । म उहाँसँग फोनमा सम्पर्कमा छु,’ खड्काले भने, ‘आरजु देउवासँग पनि सम्पर्क भइरहेको छ । उहाँको पनि स्वास्थ्य सुधार भइरहेको छ ।’

खड्काका अनुसार, उनीहरूलाई थप उपचारको आवश्यकता छ ।

‘थप उपचारको आवश्यकता छ । चिकित्सकहरूले हेरिरहनुभएको छ,’ उनले बिहीबार सानेपामा भने । पार्टीमा सल्लाह गरेर थप केही कुरा बोल्ने र योजनाबद्ध तरिकाले अघि बढ्ने खड्काले बताएका छन् ।

‘हामी सरसल्लाह गरेर, पार्टीको बैठक गरेर थप केही कुरा बोल्छौँ र योजनाबद्ध तरिकाले अघि बढ्छौँ,’ खड्काले भने ।