२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन पुरानै लयमा फर्किँदै

अ+ अ-

सिरहा । जेन जेड प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन र सरकारी सेवा प्रणाली बिस्तारै लयमा फर्किंदैछ ।

जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ मा सबै कार्यालयलाई समन्वय गरी २९ गतेदेखि सेवा सुरु गर्न निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बुधवारदेखि जिल्ला प्रशासन कार्यालयले पूर्ण सेवा सञ्चालनमा ल्याएको छ ।

उनका अनुसार प्रहरीको अनुपस्थितिमा असुरक्षित महसुस गरेका स्थानीयवासीले नै प्रहरी युनिटको पुन:स्थापनामा सहयोग गरेका छन् । “आन्दोलनपछि अन्योल थियो, तर हामीसँग जे छ त्यसैबाट थालेर उठ्ने प्रयास गर्‍यौँ । हाल अवस्था सामान्य हुँदै गएको छ र हामी पुरानै स्थितिमा फर्किन निरन्तर लागिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी वसन्तले भने ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार आन्दोलनमा क्षतिग्रस्त १४ मध्ये १२ प्रहरी युनिट पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी रहेका दुई वटा अस्थायी प्रहरी बिट पनि चाँडै पुन:स्थापना हुने गरी काम भइरहेको छ ।

यहाँ जिल्लाका अन्य कार्यालयहरू पनि सेवा बिस्तार गर्दै लगेका छन् र जनजीवन बिस्तारै सामान्य अवस्थामा फर्किँदै छ । यहाँ आन्दोलनका कारण एकै दिनमा जिल्लामा करिब रु. एक अर्बभन्दा बढीको क्षति भएको छ । प्रदर्शनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीका कारण यहाँका निजी र प्रहरीसहित ५२ भौतिक संरचनामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक तथ्यांक छ ।