२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा सुपथ मूल्य पसल सञ्चालन

अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बागलुङले बुधबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । 

नजिकिँदै गरेको दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियतका लागि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा सुपथ मूल्य पसल सञ्चालन ल्याएको साल्ट ट्रेडिङ कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए। कार्यालयले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरेको उनको भनाइ छ ।

पसलबाट ग्राहकले सुपथ मूल्यमा नुन, चिनी र तेल खरिद गर्न सक्ने प्रमुख श्रेष्ठले बताए। उक्त पसलबाट चिनी प्रतिकिलो ९५ रुपैयाँ, नुन प्रतिकिलो २४ रुपैयाँ र शुद्ध तोरीको तेल प्रतिलिटर ३५५ रुपैयाँमा बिक्री भइरहेको प्रमुख श्रेष्ठले जानकारी दिए । प्रतिव्यक्ति अधिकतम छ किलो चिनी, पाँच किलो नुन र पाँच लिटर तेल किन्न पाइने उनी बताउछन् ।

प्रमुख श्रेष्ठले भने, “हरेक वर्ष मुख्य चाडबाडका मेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएका छौँ, यसपालि बजार मूल्यभन्दा चिनी प्रतिकिलो रु १०, नुनमा रु २ र शुद्ध तोरीको तेलमा प्रतिलिटर रु ७० छुटको व्यवस्था रहेको छ, सुपथ मूल्य पसल कात्तिक १० गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४:३० बजेसम्म सञ्चालन हुनेछ ।”