२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी-दरवाङ सडक अवरुद्ध

अ+ अ-

म्याग्दी । म्याग्दीका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ ।

मङ्गला गाउँपालिका–२ लाम्पाटामा बुधबार राति खसेको पहिरोका कारण मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग सिधा यातायात सम्पर्क टुटेको हो ।  

सडक अवरुद्ध हुँदा स्थानीयबासीलाई आवतजावत, ढुवानी र निकासीमा समस्या भएको छ । निर्माणाधीन जलविद्युत्, प्रसारण लाइन, सवस्टेशन, सडक, भवनलगायतका विकास आयोजनाहरू प्रभावित भएका छन् । 

विसं २०७३ अघि पनि लाम्पाटामा पहिरोको समस्या थियो । तत्कालीन जिविसले एशियाली विकास बैंकको सहयोगमा सो ठाउँमा पहिरो नियन्त्रण गरेको थियो । सडक माथिबाट नौ वर्षपछि पुनः पहिरो खस्न थालेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । 

“लाम्पाटामा सडकमाथिको पाखो थप चर्किएकाले जुनसुकै बखत ठूलो पहिरो खस्ने जोखिम छ,” उनले भने “दरवाङ जान आउनका लागि हलुका सवारी साधनका लागि माटेबगर–पोक– पिपलबोट–छिसवाङ–खोप्टी– छ्यारछ्यारे–दरवाङ जोड्ने वैकल्पिक सडकको व्यवस्था मिलाएका छौ ।”

अध्यक्ष रोकाले बिहीबार सार्वजनिक सूचना जारी गरेर पैदलयात्रुहरुका लागि बाबियाचौर– डौडेखोला– रसपुर–अल्काचौर–लाम्पाटा पदमार्ग प्रयोग गर्न अनुरोध गरेका छन् । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णु पौडेलले अपराहन्न देखि डोजर परिचालन गरेर सडकको पहिरो पन्छाउन सुरु गरेको बताए। 

पहिरो पन्छाउने डोजर पर्वतको मिलनचोकबाट टेलरमा राखेर लैजानुपर्ने भएकाले ढिलाइ भएको उनले बताए। म्याग्दी १९२० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली आफै पहिरो स्थलमा पुगेर सडक खुलाउन पूर्वाधार विकास कार्यालयसँग समन्वय गरेका छन् । 

बेनीदेखि लाम्पाटा जाने क्रममा डोजरले बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोमा सडक फराकिलो बनाएको छ । पहिरोले सडक साघुरिदाँ ठूला सवारी साधन आवत जावतमा समस्या भएपछि फराकिलो पारिएको हो । 

फापरखेत, लाम्पाटा र बाङ्गेपहिरो २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडकको चुनौती बनेका छन् । यो सडक गण्डकी प्रदेश सरकारमार्फत स्तरोन्नति चरणमा पुगेको छ ।