२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ‘सद्भाव तथा सहकार्य अभियान’ सुरु गर्दै रास्वपा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने भएको छ । 

पार्टी सचिवालयको आजको बैठकले वर्तमान सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्ने अधिकारबारे देखाएको चासोलाई स्वागत गर्दै आवश्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरेको हो । 

रास्वपाका प्रवक्ता मनिष झाले जेन जेडका धेरै नागरिक मतदाता नामावलीमा सूचीकृत नभएको अवस्थालाई ध्यानमा राख्दै आफूहरूले मतदाता नामावली दर्ताका लागि राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको जानकारी दिए। 

पार्टीले प्रवासमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्ने व्यवस्था मिलाउन, नेपालका विदेशस्थित दूतावास र कन्सुलेट तथा नेपालका अन्तरराष्ट्रिय विमानस्थलका आगमन र प्रस्थान दुवै क्षेत्रबाट बायोमेट्रिक सेवा उपलब्ध गराउने व्यवस्था गर्न प्रस्तावसमेत गर्ने जनाएको छ  ।

यस्तै, रास्वपाले सद्भाव तथा सहकार्य अभियान सुरु गर्ने निर्णय गरेको छ । “जेन जेड आन्दोलनपछिको संवेदनशील अवस्थालाई लिएर समाज थप विभाजित नहोस् भन्ने उद्देश्यले पार्टीले ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्नेछ”, बैठकका निर्णय समावेश विज्ञप्तिमा भनिएको छ । 

आगामी फागुनमा आमनिर्वाचन तय भएसँगै रास्वपाको पहिलो महाधिवेशनको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुने भएको छ । सचिवालयको बैठकले परिवर्तित परिस्थितिलाई ध्यानमा राखी महाधिवेशनबारे आवश्यक छलफल र निर्णय आगामी बैठकमा गर्ने प्रस्ताव समेत गरेको छ ।