काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखा अधिकृतलाई घुससहित नियन्त्रणमा लिएको छ ।
अख्तियारको सुर्खेत कार्यालयले दैलेखको डुंगेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत (सातौँ) टंक बहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको आयोग स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।
उनले सेवाग्राहीबाट एक लाख घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो । कार्कीले गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।







