काठमाडौँ । नेकपा माओवादी केन्द्रको असोज ९ गतेदेखि केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
आइतबार सम्पन्न पदाधिकारी बैठकले असोज ९ गतेबाट सुरु हुने गरी केन्द्रीय समिति बैठक बोलाइएको हो ।
बैठक बस्ने स्थान र बैठक सुरु हुने समय पछि तोक्ने गरी पार्टी कार्यालयका मुख्य सचिव गणेशमान पुनले केन्द्रीय सदस्यलाई जानकारी गराएका हुन् ।







