काठमाडौँ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।







