२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकभर छ राजमार्ग पूर्ण रूपमा अवरुद्ध, अरनिको राजमार्ग साँझसम्म खुल्ने

अ+ अ-

काठमाडौँ । हाल देशभरका छ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध र १६९ सडक खण्डमा एकतर्फी रूपमा यातायात सञ्चालनमा रहेको सडक विभागले जनाएको छ । विभागका अनुसार विभिन्न स्थानमा बाढीले सडक कटान गर्नुका साथै पहिरो खस्दा आवागमन अवरुद्ध भएको हो ।

विभागका प्रवक्ता प्रभातकुमार झाले काठमाडौँ-धुलिखेल-दोलालघाट–खाडी चौर–कोदारी (अरनिको राजमार्ग)मा आज साँझसम्म यातायात सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको जानकारी दिए। “दसैँमा उपत्यका बाहिरिने तथा उपत्यका भित्रिने सर्वसाधारणलाई सहज र सुरक्षित यात्राका लागि सडक सुधारका कार्य धमाधम भइरहेको छ”, उनले भने ।

पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आइतबार साँझ खुले पनि सडक सफा गर्नुपर्ने भएकाले आज दिउँसो दुई घण्टा बन्द रहने उनले बताए। सडक विभागका अनुसार अवरुद्ध भएका राजमार्गमध्ये ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी रहेका छन् । चिनियाँ भूभागबाट गत साउन १४ गतेको बाढी आएपछि नदीले सडक कटान गरेकाले राजमार्ग अवरुद्ध भएको हो । हाल स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खोल्ने प्रयास भइरहेको विभागले जनाएको छ ।

रानी-विराटनगर–इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी–नुम–किमाथांका (कोशी राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएको विभागको भनाइ छ । वरुण नदीमा डाइभर्सन बगाएको र पुल निर्माणमा ढलानको कार्य बाँकी रहेको तथा पानीको बहाव बढेका कारण डाइभर्सन पुन:स्थापना गर्न नसकिएको भन्दै विभागले पानी सतह घटेपछि डाइभर्सन निर्माण गरिने र सँगै ढलानको कामलाई पनि जोड दिइने जनाएको छ ।

चतरा-मूलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करिडोर) पनि पूर्ण रूपमा अवरुद्ध छ । विभागले तमोर नदीमा निर्मित रानीपुल बेली गत साउन ६ गतेको अविरल वर्षापछि आएको बाढीले बगाएको र रेमिट हाइड्रोबाट पुन: लिब्रिज निर्माणका लागि पहल भइरहेको जनाएको छ ।

चीनबाट आएको ठूलो बाढीका कारण ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्यफ्रुबेँसी-रसुवागढी सडकखण्ड पनि अवरुद्ध भएको छ । विभागले अवरुद्ध सडक खुलाउन उपकरणहरू परिचालन गरिएको जनाएको छ ।

विभागका अनुसार रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका (कोशी राजमार्ग) र काठमाडौँ-धुलिखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध भएका छन् । राजमार्ग सुधार भइरहेको विभागले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा उपत्यका बाहिरिने यात्रुहरूको चाप बढिरहेको भन्दै सडक सुधारको कार्य छिटो सम्पन्न गरेर उपत्यका बाहिरबाट फर्किने सवारीसाधनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।

सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले देशभर चार लाख स्क्वायर मिटर खाल्टाखुल्टी पर्नुपर्ने र दसैँ लक्षित खाल्टाखुल्टी पुरी सडक सुधारको काम भइरहेको जानकारी दिए । “यातायातको बढी चाप हुने राजमार्गलाई विशेष प्राथमिकता दिएर सडक सुधारको काम भइरहेको छ”, उनले भने ।