काठमाडौँ। जेन जेड आन्दोलनको क्रममा प्रहरी प्रभाग हनुमान स्थान, कुपन्डोलको भवन तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-२ सानेपाकी २४ वर्षीया सृष्टि तामाङ र बैतडीको मलौली नगरपालिका-घर भएका २४ वर्षीय धिरेन्द्र चन्द छन् ।
उनीहरूले प्रहरी प्रभाग हनुमानस्थनमा आगजनी गरेको, सरकारी सम्पत्ति नष्ट गरेको र प्रहरीको पोसाक, धनमालमा क्षति पुर्याएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा पहिचान गरेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।







