२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने

अ+ अ-

जनकपुरधाम । नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।

भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो । 

भारत सरकारको रु १० अर्ब लागतमा मर्मत तथा निमार्ण भइ हाल जयनगरवाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म यात्रुवाहक रेल्वे सेवा सञ्चालन भइरहेको छ । नेपाल सरकारले भारत सरकारसँग खरिद गरेको दुईर्वटा इन्जिनसहितको चार/चार वटा वोगीमार्फत यस क्षेत्रका जनतालाई नियमित सेवा प्रदान गर्दै आएको छ ।

यात्री ओसारपसार गरेर रेल्वे सेवालाई व्यावसायिक बनाउन तथा नाफामा लैजाने अवस्था नभएकाले सो कम्पनीले पटक–पटक नेपाल सरकारलाई ध्यान आकर्षण गराउँदै आएको छ । कार्गो रेल्वे सेवा निकट भविष्यमा सञ्चालनमा आउने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विश्वास व्यक्त गरे । 

अहिलेको रेल्वेमा वोगी थपेर वा नयाँ रेल नै थपेर कार्गो रेल्वे सेवा सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । कार्गो रेल्वे सेवा सञ्चालनका लागि महोत्तरीको रामनगर तथा बर्दिबाससम्म रेल्वे सेवा विस्तार गर्न नयाँ स्टेशन निर्माण गर्नेमा  भारतीय पक्ष अग्रसर भएको महाप्रबन्धक झाले बताए ।

भारतको कलकत्ता बन्दरगाहदेखि सस्तो दरमा नेपालमा मालसमान ढुवानी गर्न कार्गो रेल्वे सेवा सञ्चालनका लागि पहिलेदेखि यसक्षेत्रका व्यवसायीले माग गर्दै आएको भएपनि हालसम्म सञ्चालन हुन सकेको छैन । जनकपुरका व्यवसायी रामनरेश साहले कार्गो रेल्वे सेवा सञ्चालन भएमा मालसमान ढुवानीका लागि सहज तथा सस्तो हुने बताए ।