२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भक्तपुरका डेरी उद्योग र दूध बिक्री केन्द्रमा खाद्य विभागको अनुगमन, नमुना संकलन

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुर जिल्लाभित्र रहेका दुग्ध पदार्थ उत्पादन तथा प्रशोधन उद्योग र खुला दूध बिक्री केन्द्रहरूको अनुगमन गरेको छ। विभागका निरीक्षकहरूको टोलीले विभिन्न डेरी तथा दही पसलहरूको निरीक्षण गरेको हो।

अनुगमनका क्रममा मोर्डन डेरी इन्डस्ट्रिज प्रा.लि., सूर्यविनायकस्थित छिमेकी दही पसल र पाथभिरा दूध डेरी गरी तीनवटा व्यवसायसँगै केही अन्य प्रतिष्ठान पनि परीक्षण गरिएको विभागले जनाएको छ।

प्रशासनलाई प्राप्त जानकारी अनुसार मोर्डन डेरीको सरसफाइ अवस्था सामान्य देखिए पनि पेस्ट कन्ट्रोल प्रणाली सन्तोषजनक नभएको पाइएको छ। सो उद्योगबाट दूधका २ थान नमुना संकलन गर्नुका साथै सुधारका लागि निर्देशन दिइएको छ।

छिमेकी दूध पसलको सरसफाइ अवस्था सामान्य भए पनि सुधार आवश्यक देखिएकाले मौखिक निर्देशन दिइएको छ। त्यहाँबाट खुला दूध बिक्री वितरण भएको पाइएको र २ थान नमुना संकलन गरिएको विभागले जनाएको छ।

पाथभिरा दूध डेरीमा पनि सरसफाइ अवस्था सामान्य भए तापनि नियमित निगरानी र सुधार आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। त्यहाँबाट समेत खुला दूध बिक्री वितरण भएको पाइएको र १ थान नमुना संकलन गरिएको छ।

विभागले संकलित नमुनाको परीक्षणपछि नतिजा अनुसार आवश्यक कारबाही गर्ने जनाएको छ।

विभागकी महानिर्देशक डा। मतिना जोशी वैद्यले चाडपर्व नजिकिँदै गएसँगै उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखी अनुगमनलाई तीव्रता दिइएको बताइन्। उनले सो क्रममा उपभोक्ता र व्यवसायीलाई सजग रहन आग्रह गर्दै कुनै मिसावट भएको शंका लागेमा विभागमा सम्पर्क गर्न आग्रह गरेकी छिन्।