२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् लाइन काटेर एक करोड बक्यौता संकलन

अ+ अ-

तनहुँ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् काटेर बक्यौता रकम संकलन गरेको छ । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् काटेर रु. एक करोड २७ लाख १५ हजार सात सय ८६ संकलन गरेको हो ।

उक्त अवधिमा एक हजार ५२ सेवाग्राहीको लाइन काटिएको थियो । सोमध्ये सात सय आठ जनाले बक्यौता भुक्तानी गरेपछि पुनः जोडिएको छ । सो अवधिभरिको रु. ६६ लाख २७ हजार ३३१ बक्यौताबापतको रकम उठ्न बाँकी रहेको केन्द्र प्रमुख विजयराज रेग्मीले जानकारी दिए ।

आव २०८०/८१ मा एक हजार ४३६ जना सेवाग्राहीको लाइन काटेर रु. दुई करोड ६८ लाख ४५ हजार ७०० संकलन गरिएको केन्द्रले जनाएको छ । रेग्मीका अनुसार सो अवधिमा एक हजार २७३ सेवाग्राहीको लाइन पुनः जडान गरिएको थियो भने रु. तीन करोड ५० लाख ५६ हजार ६७४ बक्यौता उठ्न बाँकी थियो । 

केन्द्रले आव २०८१/८२ मा पाँच करोड ३६ लाख ५१४ विद्युत् युनिट बिक्री गरेको छ । आव २०८०/८१ मा पाँच करोड ४० लाख ५९ हजार २१२ विद्युत् युनिट बिक्री भएको थियो । गत आवमा शून्य दशमलव ८४ प्रतिशतले कमी आएको हो ।

केन्द्रले विद्युत् बिक्री गरी आव २०८१/८२ मा रु. ५९ करोड ५८ लाख ६९ हजार ४७९ रकम संकलन गरेको केन्द्र प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार आव २०८०/८१ मा रु. ५३ करोड ९४ लाख ३३ हजार ९३६ संकलन भएको थियो । 

चार्जिङ स्टेसनतर्फ १४ ग्राहक सङ्ख्या रहेकामा सात लाख एक हजार २८६ युनिट विद्युत् बिक्री भएको रेग्मीले बताए । सोबापत रु. ५३ लाख ३३ हजार ९२९ रकम बिक्री भई रु. ५४ करोड ११ लाख ९२५ संकलन भएको थियो ।

केन्द्रमा एक वर्षको अवधिमा दुई हजार ५०३ ग्राहक थपिएका छन् । थपिएकासहित जिल्लाभर कूल ५३ हजार भन्दा बढी सेवाग्राही पुगेका केन्द्र प्रमुख रेग्मीले जानकारी दिए ।

उनका अनुसार घरेलु ग्राहक दुई हजार २५६, व्यापारिक ३१, गैर व्यापारिक ३७, औद्योगिक ३७, यातायात (इभी) १०, खानेपानी ४१, सिँचाइ २६, धार्मिक तथा सांस्कृतिक १६, अस्थायी बत्ती १४ र सडक बत्ती ३५ गरी दुई हजार ५०३ सेवाग्राही सङ्ख्या थपिएको छ ।

थपिएका सहित केन्द्रको कार्यक्षेत्रभित्र घरेलु ग्राहक ५१ हजार ७५, व्यापारिक तीन सय ५५, गैर व्यापारिक पाँच सय ६७, औद्योगिक सात सय ८१, यातायात (इभी) ११, खानेपानी दुई सय ३२, सिँचाइ तीन सय ८२, धार्मिक तथा सांस्कृतिक दुई सय १९, अस्थायी बत्ती १६, सडक बत्ती दुई सय आठ, सामुदायिक एक र आन्तरिक १३ ग्राहक पुगेका केन्द्रले जनाएको छ ।