२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रविले सभापति पद छोड्नु पर्ने प्रदेश समितिको सुझाव

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पदीय भूमिकाबाट बाहिरिनुपर्ने सुझाव सुदूरपश्चिम समितिले दिएको छ ।

सभापति रविले उदारता देखाउँदै पार्टी जिम्मेवारीबाट अलग हुनुपर्ने सुझाव दिइएको छ ।

सुदूरपश्चिम समितिको बैठकमा आएका धारणाहरू समेटेर केन्द्रलाई पठाइएको पत्रमा भनिएको छ, ‘पार्टी सभापति स्वयंले उदारता प्रदान गर्दै न्यायिक निकायबाट न्याय नपाउन्जेल सम्मका लागि पार्टी जिम्मेवारीबाट अलग भई वैकल्पिक धार, समूह र व्यक्तिलाई यो प्लाटफर्ममा अटाउन आह्वान गरी सर्वोच्चता कायम गर्नुपर्ने धारणासहित न्यायिक निकायबाट सफाई पाए पश्चात् निर्विकल्प सभापति देख्ने विश्वास व्यक्त गर्दछौँ ।’

सभापति रवि कारागारबाट बाहिरिँदा ४० लाख हस्ताक्षरकर्तालाई ठेस पुगेको ठहर प्रदेश समितिले गरेको छ ।

जेन जेड विद्रोहको दोस्रो दिन (भदौ २४) मा सभापति रवि नख्खु कारागारबाट सुरक्षाको कारण देखाई बाहिरिएका थिए ।

सभापति रवि बाहिरिँदा उनको पक्षमा हस्ताक्षर गर्ने ४० लाख समर्थकलाई ठेस पुगेको सुदूरपश्चिम समितिको निष्कर्ष छ ।

सभापति रवि माथि राज्यले प्रतिशोध साँधेको भन्दै रास्वपाले असार ७ बाट देश र विदेशमा हस्ताक्षर संकलन गरेको थियो । हस्ताक्षरको संख्या ४० लाख पुगेको रास्वपाका नेताहरूले दाबी गर्दै आएका छन् ।

सुदूरपश्चिम समितिको ६ असोजमा बसेको बैठकमा उठेका विषयहरूलाई प्रदेश महामन्त्री सन्तोषराज जोशीले केन्द्रलाई पठाएका छन् ।

सभापति रविलाई सुझाव दिनेहरूका कारण पार्टीले पटक पटक धोका पाएको केन्द्रलाई पठाइएको पत्रमा भनिएको छ ।

‘पटक-पटक पार्टी सभापति ज्यूलाई सञ्चालन र सुझाव गर्ने अंगको अपरिपक्वता र सहानुभूति बटुल्ने चक्करका कारण पार्टी सभापति र समग्र पार्टीले हरेक मुद्दामा धोका खाएको’ पत्रमा लेखिएको छ ।