काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जेन जेड पुस्ताले गरेको आन्दोलनमा आफ्नो पार्टीको समर्थन भए पनि अगुवाइ नगरेको प्रष्टीकरण दिएको छ।
केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता मनिष झाले आन्दोलनको क्रममा २४ गतेको घटना सोचेको भन्दा फरक भएको बताएका हुन्।
उनले भने, ‘२४ गतेको घटनामा सहभागीताका लागि हाम्रो कुनै आह्वान थिएन। आगजनी र लुटपाट हाम्रो पार्टीको सिद्धान्त पनि होइन। अरू पार्टी नेता कार्यकर्ताले आगजनी र तोडफोडमा संलग्न भएको पुष्टि हुँदा समेत चुइँक्क बोलेको छैन। तर हाम्रो पार्टी कार्यकर्ताहरूले स्वतः राजीनामा दिनुभयो।’
अरू पार्टीले अपराधीहरूको संरक्षण गरेपछि आफूहरूले अनुसन्धानमा सघाउन पुर्याइरहेको दाबी गरेका छन्।







