काठमाडौँ । सरकारले सह-सचिव कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक रहेका सह सचिव काप्रीलाई सचिव पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।
बुधवार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले कृष्णप्रसाद काप्री, बैकुण्ठ अर्याल र राजेन्द्र पौडेलको नाम सिफारिस गरेको थियो ।







