२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् माओवादीको केन्द्रीय समिति बैठकका निर्णय 

अ+ अ-

काठमाडौँ । विभिन्न ६ वटा निर्णय गर्दै नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सकिएको छ ।

माओवादी नेता रहिश साहका अनुसार आगामी मंसिर चौथो सातासम्म विशेष महाधिवेशन गर्ने ‘प्रचण्ड’को प्रतिबद्धता छ । ‘यसबीचमा अन्य पार्टीसँग एकता भए एकता महाधिवेशन गर्ने । त्यो अवस्थामा पार्टीको नाम समेत फेरिन सक्छ,’ साहले भने ।

यी लगायतका निर्णय गर्दै बिहीबार सुरु भएको माओवादीको केन्द्रीय समितिको बैठक सकिएको हो ।

माओवादी केन्द्रीय समितिले ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण हुने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने र महाधिवेशन आगामी मंसिरमा गर्ने, पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने, नेपोटिज्मको आरोप माओवादीमाथि पनि रहेकोले कार्यविधि बनाएर पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने, संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने, जेन जेडलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागी गर्ने, युवाहरूलाई प्राथमिकता दिने, आईटीका कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने र अध्यक्ष ‘प्रचण्ड’को प्रस्ताव परिमार्जनसहित पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई समेत समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने निर्णय गरेको छ ।