२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाका प्रहरी कार्यालय दमकलाई सवारी साधन सहयोग

अ+ अ-

झापा । गत भदौ २३ र २४ गतेको ‘जेन जेड’ पुस्ताका प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको दमक इलाका प्रहरी कार्यालयलाई चार थान सवारी साधन सहयोग प्रदान गरिएको छ ।

कमल गाउँपालिकाले प्र १–०२–००१ झ ०७३० नम्बरको चार पाङ्ग्रे सवारी साधन दिएको छ भने दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर दिएको छ । दमक खानेपानी तथा उपभोक्ता समितिले  ‘पिकअप भ्यान’ दिएको छ ।

गत भदौ २४ गते दमक इलाका प्रहरी कार्यालयमा प्रदर्शनका क्रममा आगजनी र तोडफोड भएको थियो। आगजनीमा कार्यालयको तीन तले भवन र सबै सवारी साधन जलेर नष्ट भएको थियो ।

कमल गाउँपालिकाले यसअघि प्रहरी चौकीलाई दिँदै आएको ‘पिकअप भ्यान’ इलाका प्रहरी कार्यालयलाई दिएको हो । दमक नगरपालिकाले दुई थान मोटरसाइकल खरिद गरेर इप्रकालाई दिएको नगरप्रमुख राम थापाले बताए। नगरको शान्ति सुब्यवस्था मिलाउन प्रहरीलाई साधन श्रोतको अभाव भएकाले सवारी साधन जुटाइएको उनको भनाइ छ ।

 ध्रुवतारा स्पोर्टिङ क्लब दमकसमेतले इप्रकाको पुन:निर्माणका लागि रु एक लाख ५१ हजार सहयोगको घोषणा गरेको छ । इप्रकाको पुन:निर्माणका लागि समुदायबाट जुट्ने सहयोगलाई व्यवस्थित गर्न नगरप्रमुख राम थापाको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरिएको छ । समितिमा दमकको नगर उद्योग वाणिज्य संघ, रेडक्रस सोसाइटीलगायतको सहभागिता रहेको छ ।

    कठिन परिस्थितिमा पनि प्रहरीले शान्ति सुरक्षाको जिम्मेवारी निर्वाह गरिरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राम तिम्सिनाले बताए। आगजनीका कारण मुख्य कार्यालयबाट विस्थापित प्रहरीहरू सब्जी बजारको खाली भवनलगायत बाहिरका विभिन्न संरचनामा आश्रय लिएर सेवा प्रदान गरिरहेको उनले जानकारी दिए।

 समुदायबाट प्रहरी कार्यालयलाई ल्यापटप, फर्निचर, टेबल, कुर्सी, बिजुलीका पङ्खालगायतका सामान सहयोगस्वरुप जुटिरहेको छ । नगरप्रमुख थापाले भने, “नगरबासी संघ संस्था र दाताबाट सहयोग जुटाएर प्रहरीलाई आफ्नै भवनमा छिटोभन्दा छिटो सार्ने र शान्ति सुरक्षाको बन्दोबस्त चुस्त बनाउने प्रयासमा छौँ।”